CSIDB
 
 
HOME
MAJOR ACTIVITES
FORMS
ACHIVEMENTS
CONTACT INFO
 
 
 
 
 
 

नेपालको आर्थिक संरचनामा कृषि क्षेत्र माथिको अत्यधिक निर्भरतालाई कम गरी औद्योगिक विकासको गतिलाई त्रि्रतर तुल्याउनु आजको टड्कारो आवश्यकता हो । यसै पर्रि्रेक्षमा गैह्र कृषि क्षेत्रमा आयमूलक रोजगारीका थप अवसरहरु जुटाउनको लागि घरेलु तथा साना उद्योग विकास समिति एंव अर्न्तर्गतका कार्यालयहरुद्धारा विविध विषयमा सीप विकास र उद्यमशिलता विकास एवं ब्यवस्थापन सम्बन्धि तालिम कार्यक्रमहरु निरन्तर रुपमा संचालन हुदै आएका छन ।

घरेलु तथा साना उद्योगको विकास बिस्तार र परिवर्द्धन गर्ने उद्देश्य अनुरुप घरेलु तथा साना उद्योग विकास समितिले समितिको कार्यक्षेत्र भित्रका कुनै पनि स्थानमा विभिन्न बिषयका सीप विकास, उद्यमशिलता विकास, उद्योग ब्यवस्थापन सम्बन्धि तालिम एवं उद्योग परिवर्द्धनात्मक सेवाहरु प्रदान गर्दै आएको छ ।